पाेखरा महानगरकाे राहत काेषमा पोखरा फाइनान्सकाे २ लाख

समाधान संवाददाता २०७७ वैशाख ११ गते १४:५५

Advertisement

पोखरा

पोखरा महानगरपालिकाको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । कोषमा पोखरा फाइनान्सले २ लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले बिहीबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर ९ निवासी मेजर जयबहादुर गुरुङले ५० हजार ५ रुपैयाँ सहयोग गरेका छन् ।

उनले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई उक्त रकम हस्तान्तरण गरे । त्यस्तै आइएनएफले १ सय जनाको लागि खाद्यान्न सहयोग गरेको छ । महानगरको मापदण्ड अनुसार एक सय जनाको लागि फूल प्याकेज राहत सामग्री उलब्ध गराएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए ।

पोखरा फाइनान्सको सहयोग रकम बुझ्दै प्रमुख जिसीले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत संकटको बेला गरेको सहयोग प्रंशसनीय रहेको बताए । उनले कोरोना भाइरस विरुद्धको लडाइँमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उपप्रमुख गुरुङले संघसंस्था र ब्यक्तिहरुले सहयोग गरेर महानगरलाई साथ दिएकोमा धन्यवाद ज्ञापन गरिन् ।

Advertisement

लकडाउनको अवस्थामा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नेहरु र विपन्नहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया