हतारमा ल्याइएका अध्यादेश फिर्ता लिँदै प्रधानमन्त्री

समाधान संवाददाता २०७७ वैशाख ११ गते १५:३८

पाेखरा

प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटमा ओलीले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भए फिर्ता लिन्छु भनि सकारात्मक संकेत दिएका हुन् ।

दुबै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएका थिए । सम्भवत बिहीबार साँझसम्ममा प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिन सक्ने स्राेतले बताएकाे छ ।संविधानको धारा ११४ को उपधारा २ ‘ख’मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ।

Advertisement

दल फुटाउनका लागि अध्यादेश ल्याएको भन्दै राजनीतिक दलहरूबीच तरङ्ग उत्पन्न गराएकाे थियाे । तर, अध्यादेश लगत्तै दलहरूबीच फुटकाे सट्टा जुट भएकाे छ । पछिल्लाे समय समाजवादी र राजपाबीच बुधबार एकता भएकाे छ।

Advertisement

तपाईको प्रतिक्रिया