बागलुङकी अंशु सापकाेटाकाे पाँचाैं रिपाेर्ट नेगेटिभ

समाधान संवाददाता २०७७ वैशाख ११ गते १६:०४


पाेखरा

काेराेना संक्रमणबाट प्रभावित बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया अ‌ंशु सापकाेटाकाे रिपोर्ट नेगेटिभ आएको छ । उनको पाँचौ पटकको परीक्षणमा नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ । उनी धवलागिरी अञ्चल अस्पतालमा उपचाररत छन् ।

Advertisement

यसअघि ४ पटकसम्म ती युवतीको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। शनिबार पनि स्वाब परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने भएकाे निर्देशनालयले जनाएकाे छ । कोरोना भाइरस निको हुनलाई कम्तीमा २ पटक कोरोना संक्रमितको स्वाब परीक्षण नतिजा नेगेटिभ आउनुपर्छ।

उनी गत चैत ४ गते बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजको उडानबाट काठमाडौ आएकी थिइन् । उनीसँगै एउटै प्लेनमा आाएकी बागलुङ नगरपालिका ३ गौँडाकोटकी मनकुमारी पाैडेल उपचारपछि निकाे भएर घर गइसकेकी छन् ।

Advertisement



तपाईको प्रतिक्रिया