बागलुङकी अंशु सापकाेटाकाे पाँचाैं रिपाेर्ट नेगेटिभ
समाधान संवाददाता
२०७७ वैशाख ११ गते १६:०४

पाेखरा
काेराेना संक्रमणबाट प्रभावित बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया अंशु सापकाेटाकाे रिपोर्ट नेगेटिभ आएको छ । उनको पाँचौ पटकको परीक्षणमा नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ । उनी धवलागिरी अञ्चल अस्पतालमा उपचाररत छन् ।
यसअघि ४ पटकसम्म ती युवतीको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। शनिबार पनि स्वाब परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने भएकाे निर्देशनालयले जनाएकाे छ । कोरोना भाइरस निको हुनलाई कम्तीमा २ पटक कोरोना संक्रमितको स्वाब परीक्षण नतिजा नेगेटिभ आउनुपर्छ।
उनी गत चैत ४ गते बेल्जियमबाट दोहा हुँदै कतार एयरवेजको उडानबाट काठमाडौ आएकी थिइन् । उनीसँगै एउटै प्लेनमा आाएकी बागलुङ नगरपालिका ३ गौँडाकोटकी मनकुमारी पाैडेल उपचारपछि निकाे भएर घर गइसकेकी छन् ।





ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया