काेराेना संक्रमित ३ जना थपिए, हालसम्म ४८ जनामा संक्रमण

समाधान संवाददाता २०७७ वैशाख ११ गते १६:२८

उदयपुरकी १ महिला सर्लाही १ र भोजपुरमा १ पुरुषमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा काेराेना संक्रमित ४८ जना पुगेकाे बताए । अहिलेसम्म ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।

सनसिटीका संक्रमित निकाे भएर फर्के

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जना कोरोनाभाइरस संक्रमित निको भएका छन्। चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।

उनीहरूलाई वैशाख १ गते र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो। त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू डिस्चार्ज भएका हुन्।

तपाईको प्रतिक्रिया