मणिपाल पढ्ने श्रीलंकाली विद्यार्थी स्वदेश उडे

समाधान संवाददाता २०७७ वैशाख १२ गते १६:०६

पोखरा
मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा पढिरहेका आफ्ना नागरिक विद्यार्थीलाई श्रीलंकाले शुक्रबार स्वदेश लगेको छ । श्रीलंकन एयरको विमानबाट मणिपालकासमेत गरी ७६ नागरिक उक्त देशले लगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देव चन्द्रलाल कर्णका अनुसार उक्त विमान शुक्रबार १२ बजे कोलम्बोका लागि उडेको थियो ।

श्रीलंकाले केही दिनयता दक्षिण एसियाली मुलुकहरूबाट आफ्ना विद्यार्थीलाई फिर्ता लगिरहेको छ । श्रीलंकाले भारत, पाकिस्तान र नेपालबाट आफ्ना विद्यार्थीलाई लैजाने अभियान चलाएको छ ।

Advertisement

नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध निरन्तर लम्बिएपछि यहाँ विभिन्न मुलुकका हजारौं मानिस फसेका थिए । उनीहरूलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा फिर्ता लैजाने क्रमः जारी छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले नेपालमा ४ चैतपछि अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध छ ।

Advertisement

तपाईको प्रतिक्रिया