लकडाउनमा हिमालपारी वृक्षारोपण

एसके थकाली, जोमसोम
उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका –५ को केकिघ्याङमा बुधबार र बिहिबार बृहत वृक्षारोपण कार्यक्रम भएको छ । लकडाउनको पट्यारिलो समयलाई सदुपयोग गर्दै स्थानीय संरक्षण व्यवस्थापन समिति तथा स्थानीयबासी मिलेर वृक्षारोपण गरेका हुन् ।
लोमान्थाङको केकिघ्याङमा एक्यापको सक्रियतामा वृक्षारोपण गरिएको हो । माटोको सहर लोमान्थाङको सुख्खा पठार क्षेत्रलाई वातावरणीय सौन्दर्यतालाई वृृद्धि गर्ने संकल्पसहित संरक्षण व्यवस्थापन समिति र स्थानीय मिलेर वातावरण संरक्षण अभियानमा जुटेको स्थानीय युवा टसी आङ्रग्या गुरुङले बताए ।
लकडाउनका बेलामा पनि वृृक्षारोपण कार्यक्रममा स्थानीय आमा समुह, क्लबका युवाहरुले दरिलो उपस्थिती जनाएको उनले जानकारी दिए । अमेरिकी सहयोग नियोगको हरियो वन कार्यक्रमसँग साझेदारी गरेको संस्था राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा संरक्षण व्यवस्थापन समितिले केकिघ्याङमा ४ हजार हिमाली प्रजातीको भोटे पिपलको बेर्ना रोपेको हो ।
हिमाली क्षेत्रको हरियाली वातावरण प्रर्वद्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप अन्तर्गतको स्थानीय संरक्षणक्षेत्र व्यवस्थापन समितिले बर्से्नि यसप्रकारको वृक्षारोपण लगायतका कार्यक्रम गर्दे आईरहेको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए ।
उनका समितिले गतवर्ष केकिघ्याङमा ५ हजार ५ सय पिपलको बेर्ना रोपेको थियो । लोमान्थाङ–५ को केकिघ्याङमा करिव १२ सय हेक्टर सार्वजनिक खाली जमिनमा तारबारको प्रवन्ध सहित बृक्षारोपण थालिएको एक्यापका कार्यालय प्रमुख दाहालले बताए ।
एक्यापको पहलमा यसअघि लोघेकर दामोदरकुण्ड गाउपालिकाको घमी र चराङको २ स्थानमा करिव ६ हजार ५ सय हेक्टर सरकारी जग्गामा वृक्षारोपण गरिएको थियो ।









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया