नेपालमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो
समाधान संवाददाता
२०७७ वैशाख १२ गते २०:५९

समाधान संवाददाता
नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या ४९ पुगेको छ । यसमध्ये १० जना निको भएर घर फर्किएका छन्।
कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
सम्बन्धित









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया