नेपालमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

समाधान संवाददाता २०७७ वैशाख १२ गते २०:५९

समाधान संवाददाता

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

Advertisement

उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या ४९ पुगेको छ । यसमध्ये १० जना निको भएर घर फर्किएका छन्।

कोरोना भाइरसको हालसम्म ४७ हजार ४९६ जनाको परीक्षण गरिएको छ । जसमा पिसिआर विधिबाट नौ हजार ४०७ र र्‍यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३८ हजार ८९ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया