कोरोनालाई जितेर घर फर्किइन् अंशु

समाधान संवाददाता २०७७ वैशाख १२ गते २२:४९

पोखरा

कोरोना परीक्षण गर्दा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनलाई राती करिब १० बजे डिस्चार्ज गरिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र पोखरेलले जानकारी दिए ।

Advertisement

बिहिबार र शुक्रबार गरिएको दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । उनी गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

नेपाल आएको ११ औं दिनमा अंशुमा कोरोना पुष्टि भएको थियो । अंशुसँगै एउटै जहाजमा आाएकी बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेल उपचारपछि निको भएर घर फर्किसकेकी छिन् ।

Advertisement

योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ११ पुगेको छ । नेपालमा शुक्रबारसम्म ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया