घरमै रही रमजान व्रत शुरु

काडमाडाैं
मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् । इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि रहेको घण्टाघरस्थित नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनुभयो ।
एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गरेकामा यस वर्ष कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीले घरमै बसेर व्रतलगायत नमाज पढ्ने विधि गरिरहेका छन् ।
एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको अध्यक्ष समिमले जानकारी दिनुभयो । शुक्रबार मुस्लिम आयोगले घर घरमै रमजान पर्व मनाउन आह्वान गरेको थियो । देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ ।
वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ । रमजान व्रतपछि आउने इदुल फित्र मुस्लिम धर्मावलम्बीको पहिलो चाड हो । जुन पर्व आजको २९औँ दिनमा चन्द्रमा देखिए त्यसको भोलिपल्ट मनाइन्छ । नदेखिए ३०औँ दिन मनाइने अध्यक्ष समिमले सुनाउनुभयो । इस्लामिक पात्रोअनुसार ३१औँ दिन नहुने जनाइएको छ । रासस









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया