मादीका घरघरमा पुगेर बिरामी जाँच

पोखरा
कास्कीको मादी गाउँपालिका वडा ५ मा लकडाउनबीच पनि स्वास्थ्यकर्मीसहितको टोलीले घरघरमा बिरामीको स्वास्थ्य जाँच गरेको छ । सो क्रममा निःशुल्क औषधीवितरण समेत गरियो ।
चितेपानी ट्रष्टको आयोजना तथा मादी वडा ५ समितिको विपद् व्यवस्थापन सहयोगअन्तर्गत सो कार्यक्रम गरिएको जनप्रतिनिधि सरोज केसीले जानकारी दिए ।
लकडाउन कारण अस्पतालसम्म पुग्न नपाई औषधि सेवन गर्न नपाएका, असहाय, अशक्त र नियमित उपचारबाट वञ्चित सुन्पँदेली, चितेपानी, देउमाणी टोलका करिब ५६ जना बिरामीलाई सेवा दिइएको हो । लकडाउनपछि फरक शैलीमा दिइएको सो सेवा अति नै उपयोगी भएको सहभागीले प्रतिक्रिया दिए ।
माँदी ५ का सबै नागरिकमा लक्षित सो कार्यक्रम पहिलो चरणमा सकिएको र तत्कालै अन्य टोलमा समेत बिरामी कति छन् भन्नेबारे डाटा संकलन गरी दोस्रो चरणको कार्यक्रम लिएर पुग्ने चितेपानी ट्रष्टका अध्यक्ष समाजसेवी एवं शिक्षासेवी टीकाराम सापकोटा बताए ।
घुम्ती शिविर संचालनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ डा. राजेश अधिकारी, वरिष्ठ डा. पद्म ढुंगाना, फार्मासिष्ट गणेश बराल लगायतले सेवा दिएका हुन् ।
डा. अधिकारीले लकडाउनमा पनि गाउँमै पुगेर सेवा दिन पाउँदा खुशी लागेको बताए । उनका अनुसार नियमित सेवा लिने सबैलाई औषधिसहित सेवा दिएको र पहिलो चरणको परीक्षणमा कुनै जटिल समस्या नरहेको जनाए ।
घुम्ती शिविरमा विभिन्न दल, सामुदायिक प्रहरी कालिका र समाजसेवीको उपस्थिति थियो ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया