तनहुँमा एकै परिवारका ३ जना मृत भेटिए

समाधान संवाददाता २०७७ वैशाख १३ गते २१:१९

तनहुँ, रासस

Advertisement

जिल्लाकाे व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका ३ जना मृतावस्थामा भेटिएका छन्।

अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको छ।

प्रहरीले मृतक विपीनको मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाहसंस्कारका लागि आफन्जनलाई जिम्मा लगाएको थियो।

उनको मृत्यु हुनु दुई दिनअघि (वैशाख १० गते) देखि नै उनका आमा र बहिनी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए ।

Advertisement

छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुन सक्ने प्रहरीले आशङ्का गरे पनि शनिबार आमाछोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ।

एकै परिवारका ३ जनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले बताए।

मृतक रवीनाका श्रीमान् हरिकृष्ण भारतीय प्रहरीबाट अवकाशपछि भारतमा नै काम गर्दै आएका छन्। घटनाबारे दाजुलाई जानकारी गराइसकिएको उनका भाइ मोहनकृष्णले बताए।

तपाईको प्रतिक्रिया