वीरगन्जमा थप २ मा कोभिड १९ पुष्टि

समाधान संवाददाता २०७७ वैशाख १४ गते ११:५०

वीरगन्ज

वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार वीरगन्ज महानगर–२ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो ।

‘यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो’ सहायक प्रजिअ बस्नेतले भने ।

ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ। उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी छन्। अर्काे वीरगन्ज–२ का ४२ वर्षीय पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया