वीरगन्जमा युवतीको मृत्युको कारण कोरोना होइन

वीरगन्ज
लगातार ३ पटकको आरडिटी रिपोर्ट पोजिटिभ देखिएकी मृतक युवतीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । यसबाट उनको मृत्युको कारण कोरोना भाइरस कोभिड १९ नभएको पुष्टि भएको छ ।
नारायणी हस्पिटलका डा नीरज सिंहका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकाकी आइतबार मृत्यु भएकी २३ वर्षीया युवतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
पटकपटकको आरडिटीमा पोजिटिभ देखिएपछि उनको कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको थियो । तर पिसिआर रिपोर्टबाट त्यस्तो पुष्टि हुन सकेन । ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।
एक महिना पहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार नारायणी अस्पताल लगेर भर्ना गरिएको थियो ।
आइतबार उनको तेस्रो आरडिटी रिपोर्ट पोजेटिभै आयो । आइतबार दिउँसो १ बजे उनको त्यही अस्पतालमा मृत्यु भएको थियो । मृत्युको कारण पत्ता लगाउन उनको स्वाबको पिसिआर परीक्षण गरिएको हो । उक्त परीक्षणबाट भने नेगेटिभ नतिजा आयो ।








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया