पोखरामा गुनासो गर्न ११८१ र ११८६ फोन गर्नुस्
समाधान संवाददाता
२०७७ वैशाख १४ गते १८:२७

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ र ११८६ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ ।
वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन भएकोमा अर्को नम्बर ११८६ आइतबारदेखि सञ्चालनमा आएको हो । कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले बताए ।
समस्यामा परेका व्यक्तिहरुको उद्धार गर्नुपरेमा पनि ११८१ र ११८६ नम्बरमा फोन गरेर जानकारी दिन सकिने महानगरपालिकाले बताएको छ ।
सम्बन्धित









पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
राजनीतिक सन्देश एसएमएस प्रकरणमा एनसेलको ध्यानाकर्षण
दराजमै थन्किन्छ सिफारिस
प्रोग्रेसिभ फाइनान्सको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया