संघ र प्रदेशले ल्याऊ भन्छ महानगर राेक्छ

पाेखरा
कोरोना भाइरस नियन्त्रणका लागि ३ तहका सकारबीच समन्वय आवश्यक रहेकोको निश्कर्ष गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निकालेकाे छ ।
समितिको कार्यालयमा आइतबार भएको छलफलमा समिति सभापति दीपक कोइरालाले कोभिड १९ नेपालमा रोकथाम र नियन्त्रणका लागि ३ तहको सरकारबीच अझै बढी समन्वय आवश्यक देखिएको बताए सभापति कोइरालाले गण्डकी प्रदेशको बजार अनुगमन टोलीसँग यस प्रदेशको बजारको अवस्था, मूल्यबृद्धि बारे छलफल गरेका छन् ।
अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा अहिले कुनै पनि सामग्रीअभाव नरहेको समितिलाई जानकारी गराए । पौडेलले लकडाउनको अवधिमा कास्की, स्याङ्जा, पर्वत तनहुँ लगायत जिल्लामा १ सय भन्दा बढी ठाउँमा अनुगमन गरिएको जानकारी गराए ।
टोलीले आपूर्तिलाई सहज बनाउनेतर्फ अहिले जोड दिएको बताए । अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मूल्यबृद्धि गरेर पठाएकोले आँटा, खाने तेल र रातोदालमा केही मूल्य बढेको पाइए पनि सामानको अभाव भने नदेखिएको बताए । उनले औषधीको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिए ।
छलफलमा बोल्दै कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा ग्यास र खाद्यान्न अभाव नरहेको बताए । कालोबजारी गर्नेलाई कारबाही गर्ने बताउँदै ढकालले कालोबजारी गर्ने ३ जनालाई कास्कीमा मुद्धा चलाएको जानकारी गराए ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले ३ तहको सरकारबीच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताए ।
३ तहकै सरकारको एउटै निर्णय भए काम गर्न सहज हुने उनको भनाइ थियो । न्यौपानेले चितवनबाट चल्ला ल्याउन प्रदेश र संघीय सरकारले छुट दिए पनि कोत्रे आएपछि महानगरले प्रवेश दिँदैन चल्ला पुन चितवन फर्काइदिँदा किसानलाई नोक्सान भएको बताए ।
बजारमा चोक्करको मूल्य बढी लिएको, एलपी ग्यासको मिति सकिएको सिलिन्डर बजारमा पाइएको लगायतका विषयमा पनि छलफल भएको थियो ।









गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
मंसिर महिनामा १२ हजार ४४२ जनामाथि ट्राफिक कारबाही
कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया