संघ र प्रदेशले ल्याऊ भन्छ महानगर राेक्छ

समाधान संवाददाता २०७७ वैशाख १५ गते ९:५४

पाेखरा

कोरोना भाइरस नियन्त्रणका लागि ३ तहका सकारबीच समन्वय आवश्यक रहेकोको निश्कर्ष गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निकालेकाे छ ।

समितिको कार्यालयमा आइतबार भएको छलफलमा समिति सभापति दीपक कोइरालाले कोभिड १९ नेपालमा रोकथाम र नियन्त्रणका लागि ३ तहको सरकारबीच अझै बढी समन्वय आवश्यक देखिएको बताए सभापति कोइरालाले गण्डकी प्रदेशको बजार अनुगमन टोलीसँग यस प्रदेशको बजारको अवस्था, मूल्यबृद्धि बारे छलफल गरेका छन् ।

Advertisement

अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले गण्डकी प्रदेशमा अहिले कुनै पनि सामग्रीअभाव नरहेको समितिलाई जानकारी गराए । पौडेलले लकडाउनको अवधिमा कास्की, स्याङ्जा, पर्वत तनहुँ लगायत जिल्लामा ‌१ सय भन्दा बढी ठाउँमा अनुगमन गरिएको जानकारी गराए ।

टोलीले आपूर्तिलाई सहज बनाउनेतर्फ अहिले जोड दिएको बताए । अनुगमन टोलीका सदस्य एवं उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोइरालाले कम्पनीबाटै केही सामानको मूल्यबृद्धि गरेर पठाएकोले आँटा, खाने तेल र रातोदालमा केही मूल्य बढेको पाइए पनि सामानको अभाव भने नदेखिएको बताए । उनले औषधीको पनि गण्डकी प्रदेशमा अभाव नरहेको जानकारी दिए ।

Advertisement

छलफलमा बोल्दै कास्कीका साहयक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा ग्यास र खाद्यान्न अभाव नरहेको बताए । कालोबजारी गर्नेलाई कारबाही गर्ने बताउँदै ढकालले कालोबजारी गर्ने ३ जनालाई कास्कीमा मुद्धा चलाएको जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले ३ तहको सरकारबीच राम्रो समन्वय भए अहिले देखिएका समस्याको समाधान हुने बताए ।


३ तहकै सरकारको एउटै निर्णय भए काम गर्न सहज हुने उनको भनाइ थियो । न्यौपानेले चितवनबाट चल्ला ल्याउन प्रदेश र संघीय सरकारले छुट दिए पनि कोत्रे आएपछि महानगरले प्रवेश दिँदैन चल्ला पुन चितवन फर्काइदिँदा किसानलाई नोक्सान भएको बताए ।

बजारमा चोक्करको मूल्य बढी लिएको, एलपी ग्यासको मिति सकिएको सिलिन्डर बजारमा पाइएको लगायतका विषयमा पनि छलफल भएको थियो । 

तपाईको प्रतिक्रिया