परदेशी (कविता)

समाधान संवाददाता २०७७ वैशाख १५ गते १२:३२

गोपाल खनाल

देशभन्दा पर बसेको
आफन्त र देशकै मायामा
फसेको
म परदेशी
रोग, भोक, शोक
जहाँ, जहिले, जतिखेर पनि
म सम्झिरहेछु देश
देशले पो सम्झिएन
यो विपत्तिमा
हामीलाई ।।१।।

जिन्दगीले बाटो मोडेको दिन
नचाहेरै मैले देश छोडेको दिन
बिर्सन गाह्रो हरपल हरछिन्
बिरानो मुलुकमा
पसिना काट्दै
साट्दै न्यून मूल्यमा
मूल्यवान् समय
बाँड्दै सुख, खुसीको आश्वासन
अब आफै गर्नुहोस्
परदेशीका पीडाको मूल्या‌ंकन ।।२।।

Advertisement

तारकेश्वर गाउँपालिका–१, दाङसिङ, नुवाकोट
हाल पोखरा–११

gkfriend8@gmail.com

Advertisement

तपाईको प्रतिक्रिया