परदेशी (कविता)
समाधान संवाददाता
२०७७ वैशाख १५ गते १२:३२

गोपाल खनाल
देशभन्दा पर बसेको
आफन्त र देशकै मायामा
फसेको
म परदेशी
रोग, भोक, शोक
जहाँ, जहिले, जतिखेर पनि
म सम्झिरहेछु देश
देशले पो सम्झिएन
यो विपत्तिमा
हामीलाई ।।१।।
जिन्दगीले बाटो मोडेको दिन
नचाहेरै मैले देश छोडेको दिन
बिर्सन गाह्रो हरपल हरछिन्
बिरानो मुलुकमा
पसिना काट्दै
साट्दै न्यून मूल्यमा
मूल्यवान् समय
बाँड्दै सुख, खुसीको आश्वासन
अब आफै गर्नुहोस्
परदेशीका पीडाको मूल्यांकन ।।२।।
तारकेश्वर गाउँपालिका–१, दाङसिङ, नुवाकोट
हाल पोखरा–११
gkfriend8@gmail.com
सम्बन्धित








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया