जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

टोकियो
जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नु भएको छ ।
प्रतिबन्ध घोषणा गरिएका मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताउनुभयो । जापानले यसअघि नै ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । प्रधानमन्त्री आबेले सरकारको पछिल्लो घोषणा यही बुधबारदेखि लागू हुने जानकारी दिनुभयो ।
जापानले यसअघि घोषणा गरिएका मुलुकमाथि लागेको प्रतिबन्ध यही अप्रिल ३० मा सकिँदैछ तर उक्त मितिलाई पनि आगामी मे महिनाको अन्त्यसम्म बढाइएको छ । जापानमा आगामी मे ६ सम्मका लागि आपतकालीन स्थितिको घोषणा गरिएको छ । सरकारी अधिकारीहरु र विज्ञहरुले कोरोना संक्रमण रोकथामका लागि हाल अपनाइएका उपायहरु सफल रहे वा नरहेको बारेमा सूक्ष्म विश्लेषण गरिरहेका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा हासलम्म १३ हजार ३८५ जना संक्रमित भएका छन् भने ३६४ जनाको मृत्यु भएको छ । (रासस–एपी)








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया