पाेखरामा प्रसूति सेवाका लागि निशुल्क एम्बुलेन्स

पोखरा
कोरोना भाइरसका कारण प्रसूति सेवा लिन समस्या नहोस भनेर पोखरा महानगरले निशुल्क एम्बुलेन्स व्यवस्था गर्ने निर्णय गरेको छ ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना संक्रमण नियन्त्रण मूल समितिको सोमबार बसेको बैठकले
प्रसूति सेवाका लागि अस्पताल जानुपर्ने गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने निर्णय गरेको हो ।
कुनै पनि महिलाले प्रसूति सेवा समयमै नपाएर समस्या भोग्न नपरोस भन्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको उपप्रमुख गुरुङले बताइन् ।
लकडाउनका कारण सवारी साधनको अभावमा प्रसूति सेवाका लागि अस्पताल जान समस्या हुने र ज्यानै जानसक्ने अवस्था आउने भएकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर यो निर्णय गरेका हौं, उनले भनिन् । महानगरले प्रसूति सेवा लिन अस्पताल जानुपर्ने अवस्थाका महिलाका लागि ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए ।
एम्बुलेन्सका लागि पोखरा महागनरपालिका वडा नम्वर २० भलाम, पोखरा २४ पामे, पौखरा ३१ बेगनास र पोखरा १९ लामाचौरमा एम्बुलेन्स तयारी अवस्थामा राखिएकाे छ ।
एम्बुलेन्स सेवाका लागि ९८४६०२४४४६,९८४२००५१००, ९८०६५२९४६४ र ९८५६०२६५७४ मा सम्पर्क गर्न सकिने छ ।
त्यस्तै बैठकले आगामी दिनको (लकडाउन खुलेपछि) सुरक्षा कार्ययोजना तयार गर्न विज्ञ टिम गठन गर्ने र स्वास्थ्य विज्ञको सुझाव अनुसार कार्ययोजना बनाएर अगाडी बढने निर्णय गरेको समितिका सदस्य सचिव किरण कोइरालाले जानकारी दिए ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया