सांसद दीपक मनाङे भन्छन् : राहत वितरणमा राजनीति गर्ने हाेइन

समाधान संवाददाता २०७७ वैशाख १५ गते १६:०९

पाेखरा

विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) सक्रमणसँग जुध्न लकडाउन लम्ब्याउनुकाे विकल्प नरहेकाले बेलैमा खाद्यान्न आयात गर्न गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले आग्रह गरेका छन् ।

विज्ञप्ति जारी गर्दै साँसद गुरुङले यो रोगसँग लड्ने एक मात्र उपाय भनेको नै लकडाउनमा सुरक्षित रुपमा घरमार्नै बस्नु रहेको धारणा राख्दै उनले भनेका छन्, जबसम्म हामी लकडाउनमा हुन्छौ‌ं, तबसम्म रोग फैलिन्न । उनले यसका लागि नेपाल सरकारले ६ महिना सम्म पुग्ने खाद्यान्न आपूर्ति गर्न सरकारसँग माग गरेका हुन् ।

Advertisement

अहिले धेरै सामग्री आयात गर्नु भन्दा पनि अत्यावश्यक मात्रै गेडागुडी र चामल आयात गर्न म सरकारलाई आग्रह गर्छु, उनले भनेका छन् । आयातका लागि भारतसँग मात्रै भर नपरी अरु २/४ मित्रराष्ट्रबाट समेत यसका लागि पहल गर्न उनले आग्रह गरेका छन्।

सरकारले आफैं  खाद्यान्न सामग्री आयात गरेर बिक्री वितरण गर्दै त्यसबाट प्राप्त नाफाले गरिव जनतालाई खाद्यान्न निशुल्क रुपमा वितरण गर्न सके सहज हुने प्रदेश सांसद मनाङेले सुझाएका छन् ।

Advertisement

उनले भनेका छन्, सरकारले किनेको सामग्री ठूला व्यापारीलाई होइन, सोझै सर्वसाधारणको घर घरमा पुग्न व्यवस्था गर्नुपर्छ, ती सामान कुनै पनि कालो व्यापारीको हातमा नपरोस ।

पटक–पटक लकडाउनको समय थप्दा जनताले आफ्नो योजना समेत बनाउन नसकी अन्यौलमा रहेकोले जिकिर गर्दै उनले भनेका छन्, लकडाउनकाे अवधि पटक–पटक होइन, लामो समयका लागि बढाऊँ, ताकि सबैले आफ्नो योजना बनाउन सकून, यसले सबैलाई सहज हुन्छ ।

गाउँ फर्केर जान चाहने सबै नागरिकलाई गाउँ फर्कन सहज वातावरण बनाउँदै गाउँमा नै क्वारेन्टाइनमा राख्यो भने पार्टी र सरकारलाई समेत सहज हुने साँसद मनाङले बताएका छन् । उनले भनेका छन्, अहिले नेकपासँग धेरै जनताले विश्वास गरेका छन्, जनताको विश्वासमाथि कहिँ कतैबाट पनि आँच आउन दिनहुन्न ।

हिले मुलुकमा देखिएको पार्टी भित्र र सरकारको विषयमा उठेका विषयमा समेत सम्पूर्णलाई गम्भीर हुन आग्रह गर्दै प्रदेश साँसद मनाङेले भनेका छन्, जे–जे विवाद छन् ती सबै पार्टी भित्रै बसेर छलफल गर्न र आत्माआलोचना गर्न म सबै नेताहरुलाई आग्रह गर्छु ।

उनले यो विवाद टिभीको पर्दामा छताछुल्ल पार्ने विषयनै होइन जे भइरहेको छ त्यो गलत भइरहेको बताएका छन् । उनले सबै नेतालाई एक ठाउँ उभिएर गम्भीर भएर सोच्न र जनताको अभिमतको पूर्णरुपमा रक्षा गर्न आग्रह गरेका छन् ।

लकडाउनका कारण अहिले साना व्यवसायीहरु निकै मर्कामा परिरहेको बताउँदै आफू सँधै जनता र मनाङको विकासका लागि अगाडि बढिरहेको सांसद मनाङेले जनाएका छन् ।

अहिलेको विषम परिस्थितिमा समेत आफूले मनाङको विभिन्न स्थानीय निकायसँग  सहजीकरण गरेर काम गरेको बताउँदै सबै सांसदहरुलाई यसरीनै सहजीकरण गर्न उनले आग्रह गरेका छन् ।  उनले प्रदेश सरकारले स्थानीय सरकारलाई वितरण गरेको रकमबाट धेरै जनताले राहत पाएको उल्लेख गरेका छन् । स्थानीय सरकारले वितरण गरेको राहत वास्तविक समस्यामा परेका सम्म पुग्नुपर्छ, यसमा कोही कसैलै पनि राजनीति गर्न पनि हुन्न, कहिं बदमासी भएको छ भने त्यसको छानबिन पनि आवश्यक छ, उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया