बाँदर धपाउन बाेकेकाे भरुवा बन्दुक पड्कँदा घाइते

समाधान संवाददाता २०७७ वैशाख १५ गते १७:०८

पाेखरा

नवलपुरकाे बुलिङटार गाउँपालिका-४ मा बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्केर १ जना घाइते भएका छन् ।

आफ्नै पाखोबारीमा रोपेको मकैमा बाँदर धपाउन जाँदा चिप्लेर लड्दा आफैले बोकेको भरुवा बन्दुक पड्कँदा ४६ वर्षीष नरबहादुर मगर घाइते भएका हुन् ।

घटना आइतबार साँझतिरकाे भए पनि प्रहरी साेमबार बिहानमात्र घटनास्थलमा पुगेकाे थियाे । घाइतेकाे हाल चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेकाे छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए ।

तपाईको प्रतिक्रिया