पोखरा ३१ मा घुम्ती रक्तदान

समाधान संवाददाता २०७७ वैशाख १५ गते १८:०८

समाधान संवाददाता

कोरोना महामारीले भविष्यमा हुनसक्ने रगत अभावलाई ध्यानमा राखेर रेडक्रस उपशाखा–३१ ले रक्तदान कार्यक्रम गरेको छ । घुम्ती बसमार्फत उपशाखाले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

वडाका विभिन्न ठाउँमा गरिएको घुम्ती रक्तदानबाट ११७ यूनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य सन्तोष अधिकारीकाले जानकारी दिए ।

Advertisement

उपशाखाका अध्यक्ष रुद्रनाथ अधिकारीले रेडक्रसका प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकाललाई ब्लड ब्याग हस्तान्तरण गरेर वडामा घुम्ती रक्तदानको शुभारम्भ गरेका थिए ।

पोखरामा लकडाउनका बेलामा पनि विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया