पोखराको पौरखी समूहले खुवायो १६ हजारलाई खाना, आजैदेखि राेकियाे अभियान

पोखरा
पोखराको पौरखी स्वयं सेवा समूहले लकडाउनका कारण चुलो बाल्न समस्या भएकाहरुलाई दैनिक खाना खुवाउने कार्यक्रम सोमबार साँझबाट स्थगित गरेको छ ।
अभियानका संयोजक जनक पराजुलीले जिल्ला प्रशासन र पोखरा महानगर पालिकाबाट वैशाख १५ गते सम्मका लागि अनुमति लिएको र सोही अनुसार सोमबार साँझसम्म खाना खुवाएको उनले बताए । लकडाउन थपिए पनि आफूहरुको खाना खुवाउने कार्यक्रम भने नथपिएको उनले जानकारी दिए ।
१० दिनअघि सुरु यो अभियान अन्तर्गत सोमबार साँझसम्म १६ हजार भन्दा बढीले खाना खाएका छन् । पोखराको पौरखी स्वयंसेवक समूहले गासको अभाव झेलिरहेका सर्वसाधारणलाई बसेकै ठाँउमा पु¥याएर खाना खुवाएको हुो । खाना पकाउने जिम्मेवारीसँगै प्याकिङ गर्न बिहान उठेदेखि साँझसम्म समूहका सदस्य व्यस्त थिए । पोखरा–७ स्थित शान्तिनगर बैंक्युटमा खाना पकाउने बन्दोबस्त मिलाइएको छ ।
देश लकडाउनका कारण आफना गाँउघर जान नपाएका सडकमै अलपत्र परेका र काम गर्न नपाएर रासन विहीन भएकालाई पौरखी समूहले खाना खुवाउँदै आएको थियो । युवाहरुको यो समूहले विपन्नलाई निशुल्क खाना खुवाउँदै आएको समूहका संयोजक जनक पराजुलीले बताए ।
खाना नपाएको जानकारी प्राप्त गरेपछि स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पु¥याउँदै आएको समूहका सदस्य विष्णुप्रसाद बरालले बताए । बिहान र बेलुकी खानाको अर्डर अनुसार प्रबन्ध गर्दै आएका उनको भनाइ छ । ९ जना मिलेर आफ्नै खर्चमा निःशुल्क खाना खुवाउने अभियान शुरु गरेको उनले बताए । समूहमा जनक पराजुली, विष्णुप्रसाद पौडेल, राजु शर्मा तिमिल्सिना, भानुभक्त अधिकारी, विष्णुप्रसाद बराल, प्रजापति अधिकारी, शिव थापा, राजेन्द्र पौडेल र खेमराज तिमिल्सिना छन् । उनीहरुलाई १ सय भन्दा बढी स्वयं सेवीले सघाएका थिए ।
सोमबार साँझ सबै स्वयं सेवी सहयोगीहरुलाई धन्यवाद दिँदै समूहका सदस्य विष्णुप्रसाद पौडेलले सहयोगले अभियान सफल भएको बताए । उनले आगामी दिनमा पनि सहयोग आवश्यक परेमा समूह सहयोगका लागि तत्पर रहेको बताए ।
अर्का सदस्य राजु तिमिल्सिनाले १० दिनमा १६ हजार २६ जनालाई खाना खुवाउन पाउँदा खुसी लागेको बताए । दैनिक स्वयं सेवामा खटिएका प्रेमबहादुर जिसीले सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया