काेराेनाले राेकियाे पोखरा स्पोर्ट्स अवार्ड

पाेखरा
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गतेका लागि भएको पाँचाैं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको मञ्चले विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।
“वैशाख २१ (विश्व प्रेस स्वतन्त्रता दिवस) दिन पारेर मञ्चले पोखरा सभागृहमा गर्ने गरी पूर्वघोषणा गरिएको पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अर्को मिति घोषणा नहुँदासम्मका लागि स्थगन गरिएको छ”, मञ्चका अध्यक्ष एकराज गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मानव सभ्यता नै अप्ठ्यारोमा पार्ने गरी फैलिएको कोराना भाइरसले विश्व नै प्रभावित भइरहेको अवस्थामा मञ्चले अवस्था सामान्य नभएसम्मका लागि अवार्ड स्थगन गरे पनि आन्तरिक तयारी भने निरन्तर जारी राख्ने जनाइएको छ ।
मञ्च अध्यक्ष गिरीको मूल संयोजकत्वमा विभिन्न ११ उपसमितिसमेत गठन गरी कार्यक्रमको तयारी शुरु भए पनि कोभिड–१९ प्रभावसँगै लकडाउनले परिस्थिति प्रतिकूल हुन गएकाले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको खेलप्रेमी, सङ्घसंस्था, खेलाडी, प्रशिक्षक, पत्रकार एवं शुभचिन्तकहरुमा अनुरोध गरिएको छ ।
मञ्चले स्पोर्ट्स अवार्डमा खेलकूद विकासमा योगदान दिने अग्रजलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष र महिला, चर्चित खेलाडी, उदीयमान खेलाडी, प्रशिक्षक, खेल संघ र खेल पत्रकार अवार्ड गरी ८ विधामा अवार्ड वितरण गर्ने गर्दछ । वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिलालाई एक÷एक थान मोटरसाइकल र स्कुटरबाट पुरस्कृत गर्ने गरिएको छ ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया