माग धान्न नसकेपछि पाेखरामा खाद्यको चामल बिक्री रोकियो

समाधान संवाददाता २०७७ वैशाख १६ गते १५:५६

केदार धमला, पोखरा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखराले चामल बिक्री र वितरणमा रोक लगाएको छ । कार्यालयका सूचना अधिकारी भगवान भण्डारीले १३ गतेदेखि चामल वितरणमा रोक लगाएको जानकारी दिए ।


कार्यालय प्रमुख भोजराज पाण्डेले ८ सय सय क्विन्टल चामल पोखरा कार्यालयमा स्टक रहे पनि विशेष परिस्थितिका कारण बिक्रीमा रोक लगाउनुपरेको बताए । कार्यालयले सूचना प्रकाशित गरी चामल बिक्री वितरण थालिने उनले जनाए ।
सोना मन्सुली र जापानी चामल बिक्री गर्दै आएको लिमिटेडले छिट्टै बिक्री थाल्ने प्रमुख पाण्डेले बताए । पाण्डेले कारागारको स्टक पुर्‍याएर सर्वसाधारणलाई बिक्री गरिने जानकारी दिए ।

Advertisement


उनले उपभोक्ताको चाप बढेकाले बिक्री रोक्नु परेको उनले सुनाए । गाउँपालिकाले माग गरेर चामल वितरण गर्दै आए पनि अन्नपूर्ण गाउँ पालिकावाहेकले अन्य गाउँपालिकाले भनेको खाद्यान्न नलगेको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।


३० केजी चामलको छुट मूल्यसहित उपभोक्ताले सोना मन्सुली चामल १ हजार २ सय ५५ रुपैयाँ ५० पैसा पर्ने छ भने जापानी चामल १ हजार २ सय ६९ रुपैयाँमा खरिद गरिनुपर्ने सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

Advertisement


पोखरा कार्यालयले गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, कास्की जिल्ला लगायतका कारागारमा चामल ढुवानी गर्दै आएको छ । लिमिटेडले तनहुँ र मुस्ताङको डिपोबाटसमेत सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया