प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको वर्षे अधिवेशनबारे छलफल

समाधान संवाददाता २०७७ वैशाख १७ गते १०:४७

समाधान संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा स‌ंघीय संसदको बजेट ९वर्षे० अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

Advertisement

नियमति अवस्थामा संसद बजेट अधिवेशन हिजो/आज सुरु हुनुपर्ने भए पनि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लक डाउनका कारण अझै निश्चित भएको छैन।

त्यस्तै भेटमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय, आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा पनि कुराकानी भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया