बेगनास र रुपातालका जलारी सहितका आदिवासीले पाए राहत

समाधान संवाददाता २०७७ वैशाख १७ गते २०:२०

समाधान संवाददाता
लेखनाथ

बेगनास र रुपाताल क्षेत्रमा रहेका झन्डै १ परिवारका ४ सय आदिवासी समुदायलाई बुधबार राहत वितरण गरिएको छ । सामाजिक विकासमा सक्रिय विकास वेल्जियम संस्थाको सहयोगमा पोखरा वडा ३१ कार्यालय र रुपा गाउँपालिकाले करिब ८ लाख रुपैयाँ बराबरको राहत बाँडेको हो ।
बेगनासताल र रुपाताल वरपर रहेका सय परिवारका ४ सयले राहत पाएका छन् । यहाँका धेरैजसो रैथानेहरु जीवनयापनका लागि प्राकृतिक स्रोतसाधनमा निर्भर रहँदै आएका छन् ।

पछिल्लो समय जलवायु परिवर्तन र तिव्र भौतिक निर्माण तथा शहरीकरणले उनिहरुको जिविकामा पनि प्रभाव परिरहेको बताउँदै यहाँका समुदायलाइ राहतका लागि प्राथमिकता दिइएको विकास बेल्जियम सम्बद्ध राहत वितरण कार्यक्रम संयोजक पदमराज पौडेलले बताए ।

पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले स्थानीय विपन्न, गरिब तथा आदिवासी समुदायको अवस्था प्रति सधैं चनाखो र गम्भीर बन्न यस्ता कार्यक्रमहरुले स्थानीय सरकारलाई समेत प्रेरणा दिएको सुनाए ।

Advertisement

राहतमा १ बोरा चामल, दाल, सोयाविन, साबुन, तेल र नुन लगायतका सामग्री थिए । परिवारको संख्या र आर्थिक अवस्थाको आधारमा अहिले निर्धारित लकडाउन अवधिलाई धान्ने गरी राहत बाँडिएको पोखरा ३१ का वडाध्यक्ष कमलबहादुर थापाले बताए ।

कार्यक्रममा रुपा गाउँपालिका प्रमुख नवराज ओझा, पूर्व एसएसपी राजेन्द्र ढकाल, खड्ग बहादुर केसी, सन्तोष भुर्तेल, अनिल पन्थी, धु्रव पन्थि, अपुर्वा ढकाल लगायत उपस्थित थिए ।

Advertisement

तपाईको प्रतिक्रिया