पोखरा ३१ मा १ सय १७ युनिट रगत संकलन

समाधान संवाददाता २०७७ वैशाख १७ गते २०:३०

समाधान संवाददाता
लेखनाथ

कोरोनाका कारण ‘ब्लड बैंक’मा भइरहेको रगत अभावलाई टार्न नेपाल रेडक्रस सोसाइटी वडा उपसमिति पोखरा ३१ को आयोजनामा रक्तदान गरिएको छ । कार्यक्रमबाट १ सय १७ युनिट रगत संकलन भएको संयोजक सन्तोष अधिकारीले जानकारी दिए

Advertisement

वडाका मोहरिया, सुकेडाँडा, बेगनासताल बसपार्क, लाकुरी, पचभैंया देउराली, सुन्दरीडाँडा, बेगनास पौवामा आकस्मिक घुम्ती रक्तदान सेवा संचालन गरिएको हो ।

रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्य ढकाल, सोही वडाका अध्यक्ष कमलबहादुर थापा, बेगनास युवा क्लबका अध्यक्ष राम रानाभाट, लाकुरी युवा क्लबका अध्यक्ष सुरेश लामिछाने, पचभैंया प्रगतिशील युवा मञ्चका अध्यक्ष सुनिल थापा, रेडक्रसका वडा ३१ उपशाखा अध्यक्ष रुद्रनाथ अधिकारी, उपाध्यक्ष बबिता सुवेदी लगायतले कार्यक्रममा बोलेका थिए ।

तपाईको प्रतिक्रिया