कालाेबजारी आराेपमा सर्जिकल पसललाई कारवाही

काठमाडाैं
दर्ताबिना सर्जिकल पसल सञ्चालन गरेको र बढी मूल्यमा मास्क र थर्मल गन बिक्री गरेको कसूरमा बुधबार १ सर्जिकल पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको इमाडोलस्थित काठमाडौँ ट्रेडिङ प्रालिलाई सोवापत रु दुई लाख जरिवाना गरेको हो ।
सामाजिक सञ्जालमा मास्कलगायत सर्जिकल सामग्रीको बढी मूल्य राखेको गुनासाका आधारमा अनुगमन गर्दा बढी मूल्य लिएको र दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त फर्मले रु चार हजार पाँच सयमा खरीद गरिएको थर्मल गनलाई रु आठ हजार र एन–९५ मास्कलाई बढी मूल्यमा बिक्री गरेको बयानका क्रममा बताएपछि जरिवाना गरिएको हो । विभागले लकडाउनयता (चैत ११ गतेदेखि वैशाख १७) गतेसम्म ९१ फर्मको अनुगमन गरेको र तीमध्ये अनुचित व्यापार गर्नेबाट जरिवानास्वरुप रु ४७ लाख ७५ हजार राजश्व संकलन गरिएको उहाँले जानकारी दिनुभयो । रासस







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया