बेलायतका प्रधानमन्त्रीलाई पुत्रलाभ

समाधान संवाददाता २०७७ वैशाख १७ गते २१:३४

लन्डन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । उहाँकी श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माउनुभएको जानकारी दिइएको छ ।

प्रधानमन्त्री जोनसनका प्रवक्ताले बुधबार सो कुराको जानकारी दिनुभएको बेलायती सञ्चारमाध्यमलहरुले जानकारी दिएका छन् । बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्र जन्मिएको प्रवक्ताले जानकारी दिनुभयो ।

उहाँले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताउनुभयो । प्रधानमन्त्री जोनसन र उहाँकी श्रीमतीले लन्डनमा रहेको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Advertisement

प्रधानमन्त्रीलाई पुत्रलाभ भएपछि उहाँलाई बेलायतका नेता, मन्त्री तथा विशिष्ठ व्यक्तिहरुले बधाई दिएका छन् ।

गत फेब्रुअरी महिनामा मात्र प्रधानमन्त्री जोनसनको जोडीले आफूहरुले नयाँ बच्चा पाउने अपेक्षामा रहेको जानकारी दिनुभएको थियो ।

Advertisement

प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किनुभएको थियो । केही दिनको अस्पताल बसाईपछि गत सोमबार मात्र उहाँ काममा फर्किनुभएको थियो । उहाँले काममा फर्किएपछि दिनुभएको प्रतिक्रियामा कोरोना भाइरस बेलायती नागरिकमाथिको एक बज्रपात तथा एक अनपेक्षित घट्ना भएको बताउनुभएको थियो ।

उहाँले यो भाइरसको संक्रमणबाट बेलायती नागरिकहरुले एक अदृश्य सत्रुबाट जीवनमा कहिल्यै नसोचेको क्षति व्यहोरिरहेको जानकारी दिनुभएको थियो । एएफपी

तपाईको प्रतिक्रिया