माधवकुमार नेपाल आलु बन्ने कि भान्छे आफै रोज्नुहोस् !

समाधान संवाददाता २०७७ वैशाख १८ गते ६:४३

विष्णु गौतम

आलु नेपाल कम्युनिस्ट पार्टीको पेवा शब्द हो । प्रजातन्त्रको पुनस्थापना पनि प्रत्येक पटकको राजनीतिक खिचातानीमा नेकपा आलुजस्तै बनेको छ सबैसँग ठिक्क । त्यसो त तत्कालीन नेकपा एमाले र अहिले नेकपा जति दल मिलेर बने पनि आलुको उखानले कहिल्यै छोडेन । २०४६ साल पछिका प्रत्येक चुनावको नतिजा र सरकार समीकरणमा आलुको रुपमा परिभाषित हुँदै आयो । जुन तरकारीसँग पनि मिल्न सक्ने खुबीका कारण पनि आलुको जुन चर्चा छ, हो त्यसरी नै २०४६ सालपछि बनेका सवै सरकारमा तत्कालीन नेकपा एमालेको पनि उत्तिकै चर्चा रह्यो ।


माधव नेपालमा मान्छे समातेर राख्ने, बाँधेर राख्ने क्षमता छ । उनी पनि गुट बनाउन त चाहन्छन् तर गुट बनाउने खुबी छैन । आफ्नो गुट बनाउन नजान्ने नेता नै अहिलेको अवस्थामा पार्टीको लागि चाहिएको छ ।

Advertisement


नेकपा एमालेको समर्थनबिना कुनै पनि सरकार पूर्ण हुन नसक्ने । अर्थात् वहुमत पुुग्नका लागि एमालेको समर्थन जरुरी पर्ने त्यहि भएर त्यति बेला देखिनै नेकपा एमाललेलाई आलु पार्टीको ट्याग लाग्ने गरेको हो । त्यो ट्याग अहिले विश्वकै प्रजातान्त्रिक मुलुकमध्येमा २ तिहाई प्राप्त पहिलो दल हुँदा पनि हट्न सकेन । कहिले आन्तरिक त कहिले वाह्य रुपमा आलुको ट्याग नहट्ने पार्टी भनेको कम्युनिस्ट पार्टी, नेकपा नै हो ।

अहिले नेकपाको आन्तरिक खिचातानीको प्रमुख भूमिकामा पूर्व प्रधानमन्त्री तथा पूर्व पार्टी प्रमुख माधवकुमार नेपाल छन् । अर्थात् नेकपाको पेवा शव्द आलुको भूमिकामा माधव नेपाल नै छन् । प्रधानमन्त्री केपी शर्माले ल्याएको २ अध्यादेशका बारेमा पार्टी भित्र व्यापक विरोधपछि फिर्ता गर्नु पर्ने अवस्था आउनुनै प्रधामन्त्री बलियो अवस्थामा छैनन् भन्ने हो । अध्यादेशको बारेमा पार्टीका प्रभावशाली नेता प्रचण्ड र माधव नेपालसँग अनौपचारिक छलफल भएको भए पनि औपचारिक छलफल नभएका कारण अध्यादेशको बारेमा मौन बसिदिँदा अन्नत अध्यादेश नै फिर्ता लिनुप¥यो । यो नै देखिने गरी ओली तन्त्रको अवशानको पहिलो पाइला बन्न पुुग्यो ।

Advertisement

बोलेजति सझिलो पार्टी चलाउन हुँदैन भन्ने कुुराको भेउ नपाउँदा नेकपाका अध्यक्ष पद समेत गुम्ने अवस्थामा पुुगेका छन् प्रधानमन्त्री ओली । रातमा लाटोकासेरो चराहरुको राजा बनेझै प्रधानमन्त्री ओलीले भोलि बिहान हुन्छ र अध्यारो हट्छ भन्ने कुराको कुनै हेक्का नै राखेनन् बोल्दै गए, आफ्नाहरुलाई भर्ती गर्दै गए अनि आसेपासे मोटाए । फगत बुुद्धिजीवीहरु मौलाए, उनीहरुको झुण्डबाट आएको सल्लाहमा देश र पार्टी चलाउने प्रयास गर्दा न देश मोटायो न त पार्टी नै । मोटाए त केबल उनका चुण्ड मुण्डहरु ।

उनलाई कहिल्यै पनि थाहा भएन संगठन के हो भन्ने कुरा । संगठन केलाई भनिन्छ ? संगठन कसरी बन्छ ? त्यसलाई एकढिक्का बनाएर राख्न के गर्नुपर्छ ? प्रधानमन्त्री ओली १४ जेल बस्नु भयो । तर विडम्बना जेलमा पार्टी र जनताको मनोभावना कहिल्यै बुुझ्नु भएन अनि कसरी उहाँले नेकपा र सरकारको जेट चलाउन सक्नुहुुन्छ ? उनलाई अहिले जेट चलाउने सारथी चाहिएको छ माधवकुमार नेपाल । के नेपाल फेरी आलु हुन जालान् त केपीको ?

५ हजार मान्छे मारेको जिम्मा खुल्लेआम लिने नेकपाका अर्का प्रभावशाली नेता प्रचण्ड अहिलेको अवस्थामा देख्दा लाजमर्दो जस्तै छ । २०५१ सालमा जनयुद्ध नामको आन्तरिक युद्ध सुरु गर्दा ठूलै आशा गरेर जनता र समानताका लागि मर्नको निम्ति छाति थाप्ने मध्येको एक म पनि हो । धन्य छ त्यतिबेला मरिएन छ, मरेको भए ठूलै पछुतो हुने रहेछ परिवारका लागि । उनकै लागि मरेकाहरुको समेत जिम्मा लिन उनी तयार भएनन् ।

नेकपासँगको एकीकरण जनभावना हो वा उनीहरुको स्वार्थ हो यो विषयमा अहिले टिप्पणी नगरौं तर पनि उनी पार्टी र सरकार सञ्चालनका लागि योग्य चालक होइनन् । उनी पनि कोटरीका पूरा हुन् । आफ्ना समर्थकका लागि र आफूको लागि हदैसम्मको लचिलो हुन सक्ने खुबी उनीमा छ । नत्रभने जनयुुद्ध कसरी सफल हुन्थ्यो । उनी क्षणमै रुन सक्छन् र क्षणमै खित्का छोडेर हाँस्न पनि सक्छन् नेपाली कम्युनिस्ट आन्दोलनका कुनै पनि नेतृत्वमा यो खुबी छैन । उनको यही खुबी नेकपाका नेता माधव नेपालमा देखाउँदै छन् तर के नेपाल अहिले प्रचण्ड खिचडीको आलु बन्लान् त ?

माधन नेपाल आफैमा पूर्ण होइनन् तर पनि कहिलेकाहिँ थोरै क्षमतामा पनि आन्तरिक प्रतिस्पर्धा गर्नु पर्ने रहेछ । योग्य त होइनन् तर पनि केही नैतिकता भने उनले देखाएका छन् । प्रधानमन्त्री ओलीले अहिलेको रस्साकस्सीलाई वार कि पार हुनसक्ने भन्दै आफ्ना गुटका नेताहरुलाई तयारी हुन भनेका छन् । यसको अर्थ अन्तिम अवस्था सम्म सरकार र पार्टी दुवै नेतृत्ववाट आफू नहट्ने तयारीमा छन् । तर २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा एमालेले अप्रत्यासित हार बेहोरेपछि नैतिकताको आधारमा तत्कालीन पार्टी प्रमुख महासचिव माधवकुमार नेपालले राजीनामा दिएका थिए । पार्टी र सरकार प्रमुखको पद ओगट्नु भनेको बुढो गोरुले भकारो ओगटेजस्तो होइन भन्ने कुरा प्रधानमन्त्री ओलीले बुझ्नु पर्ने छ ।

म नेकपाको सदस्य कहिल्यै हुन सकिनँ कारण नेकपा भन्ने पार्टी नै रहेनछ, छ त केपी ओली माधव नेपाल, प्रचण्ड, वामदेव यस्तै यस्तै गुट । म फगत नेकपा खोज्दै हिँडे आजसम्म भेटाइनँ अनि नेकपा बन्न सकिनँ । यो मामलामा प्रचण्ड, वामदेव अलि चर्का छन् । ओलीको त कुरै भएन आफ्नाका लागि उनी जे पनि गर्न सक्छन् । नेकपा पार्टी संरचनामा चल्नुपर्छ, गुटलाई अलि कमजोर बनाउनुपर्छ भन्ने पक्षमा थोरै भए पनि माधव नेपाल छन् । उनको व्यवहारले पनि यस्तै देखाउँछ ।

हुन त यी तिनै वटा नेताहरु सल्लाहकारमा बसेर दोश्रो पुस्तामा शक्ति र सत्ता हस्तान्तरण गरे हुन्थ्यो तर उनीहरु मान्दैनन त्यसैले सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्ने, बाँधेर राख्ने क्षमता छ । उनी पनि गुट बनाउन त चाहन्छन् तर गुट बनाउने खुबी छैन । आफ्नो गुट बनाउन नजान्ने नेता नै अहिलेको अवस्थामा पार्टीको लागि चाहिएको छ ।

त्यसैले अहिलेको सरकार र पार्टीको सरकार र दलको नेतृत्व परिवर्तनको कुरामा माधवकुमार नेपाल आलु बन्ने अभियानभन्दा पनि सबैलाई समान सम्मान दिँदै सहमति र सहकार्यलाई पहिलो एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । कम्तीमा अर्को चुनावमा नेकपालाई भोट हाल्न पाइयोस् । प्रचण्ड, माधवकुमार नेपाल, केपी, वामदेव गुटलाई भोट हाल्ने रहर पटक्कै छैन ।

तपाईको प्रतिक्रिया