प्रेस युनियन कास्कीद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

समाधान संवाददाता २०७७ वैशाख १८ गते १३:४७

समाधान संवाददाता

नेपाल प्रेस युनियन कास्कीले फिल्डमा क्रियाशील पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले स्वास्थ्य सामग्री अत्यावश्यक भएका १७ जना पत्रकारलाई मास्क, सेनिटाइजर र ग्लब्स वितरण गरेको उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले जानकारी दिए ।

Advertisement

अध्यक्ष सिग्देलले प्रेस युनियन कास्कीले सदैव सबै पत्रकारको सम्मान गर्ने र साथमा रहेको बताए ।

पत्रकारका साथमा युनियनसँगै रहेको प्रत्याभूति दिन ती सामग्री वितरण गरिएको उनको भनाइ छ ।

Advertisement

उनले ती सामग्री आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेका छन् । अध्यक्ष सिग्देलले संकटका बेला संञ्चारकर्मी र संञ्चारगृहका लागि राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया