पोखरा फाइनान्सले गर्‍याे प्रदेश ५ काे सरकारलाई सहयोग

समाधान संवाददाता २०७७ वैशाख १८ गते १५:१५

पाेखरा

कोरोना भाइरस (कोभिड १९) को रोकथामको लागि पोखरा फाइनान्स लिमिटेडले प्रदेश ५ सरकारलाई २ लाख सहयोग गरेको छ ।

प्रदेश ५ सरकारलाई गरिएको सहयोग रकमको चेक वित्तीय संस्थाका भैरहवा शाखा प्रमुख शिवप्रसाद खनाल तथा बुटवल शाखाका शाखा प्रमुख सञ्जिव श्रेष्ठले प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

Advertisement


हालको यस विषम परिस्थितिमा विश्व नै रोगको रोकथाममा लागि परिरहेको अवस्थामा सबैको सामूहिक प्रयासबाट पार पाउन सकिने वित्तीय संस्थाले जनाएको छ । यस सहयोगले अहिलेको महामारीको रोकथाममा केही सहयोग हुनेमा पोखरा फाइनान्स लिमिटेडको विश्वास छ ।


यस संकटको घडीमा सरकारले सञ्चालन गरिरहेको अभियानमा वित्तीय संस्थाले पूर्ण सहयोग गर्ने र अन्य स्थानीय निकाय तथा प्रदेशमा समेत वित्तीय संस्थाले आवश्यक सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया