मुस्ताङकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ

एसके थकाली, जोमसोम
मुस्ताङकी एक महिलाकाे स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ। सामान्य कोरोना परीक्षण गर्ने क्रममा रुखा खोकी तथा उच्च जरो देखिएपछि ती महिलाको स्वाबकाे नमुना लिएर जिल्ला अस्पताल जोमसोमले जीप मार्फत बुधबार प्रादेशिक जनश्वास्थ्य प्रयोगशाला पोखरा पठाएको थियो ।
मुस्ताङको जोमसोमबाट पोखरातर्फ पठाइएको ती महिलाको स्वाब
नमुना बिहीबार प्रादेशिक जनश्वास्थ्य प्रयोगशालाले पिसिआर ल्याब परीक्षण गरेको थियो ।
परीक्षण गर्दा महिलाको स्वाब रिपोर्ट नेगेटिभ निस्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए । सम्भावित कोरोना आशंका गरिएकी ती महिलालाई जोमसोम अस्पतालले बुधबार बिहान आइसोलेसन कक्षमा भर्ना गरी उपचार सुरु गरेको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शिव भडारीले आइसोलेसन कक्षमा रहेकी ती महिला हाल सामान्य अवस्थामा रहेको र उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । सामान्य अवस्थामा रहेकी ती महिलालाई बिहीबारनै अस्पतालले डिस्चार्ज गर्ने भएकाे छ ।
कोरोना आशंका गरिएकी मुस्ताङकी ती महिला गत चैत ७ गते दुबईबाट नेपाल आएकी थिइन् । विदेशबाट काठमाडाैंमा बस्दै आइरहेकी ती महिला मंगलबार काठमाडाैंबाट मुस्ताङ आएकी थिइन् ।
उनको यसअघि नै पनि टेकु अस्पतालमा पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । स्थानीय तहको पहलमा गत शनिबारदेखि सोमबार सम्म करिब १३ सय मुस्ताङी जिल्ला भित्रिएका थिए ।
स्थानीय तहले जिल्ला भित्रिएका सबैलाई सरकारी क्वारेन्टाइनमा नराखी ७ दिन मात्र होम क्वारेन्टाइनमा बस्न लगाएको थियो । मुस्ताङ फर्किएका सबै होम क्वारेन्टाइन, समाजघर, गुम्बा र विद्यालयहरुमा एकान्तबास बस्न लगाइएको छ ।




महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया