पोखराको राहत कोषमा सहयाेग आउने क्रम जारी

पोखरा
पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा कास्की आर्दश समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
परिषद्का वरिष्ठ उपाध्यक्ष डा.सुन्दर पौडेल, कोषाध्यक्ष गणेश पहारी, नेपाल च्याप्टरका संयोजक शोभाकर भण्डारी र नेपाल सहसंयोजक पूजा गिरीले पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरे ।
त्यस्तै समुदायमा आधारित पूर्नस्थापना केन्द्र (सिबिआरएस) पोखराले ५० हजार रुपैंयाँ सहयोग गरेको छ । सिबिआरएसका पूर्व अध्यक्ष पुरन कुवँर, कार्यक्रम व्यवस्थापक कृष्ण लामिछाने, गैसस महासंघ कास्कीका अध्यक्ष पदम पहारी र सिबिआरएसका सदस्य झलक राना मगरले पोखरा महानगर प्रमुख जिसीलाई रकम हस्तान्तरण गरे ।
महानगरको राहत कोषमा गौरव बचत तथा ऋण सहकारी संस्थाले ३० हजार रुपैंयाँ सहयोग गरेको छ । सहकारीका कमल कुवँरले महानगर प्रमुख जिसीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
त्यस्तै महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीले महानगरको राहत कोषमा १५ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । सञ्जालका अध्यक्ष तारामाया थापा मगरको नेतृत्वमा आएको टोलीले महानगर प्रमुख जिसीलाई उक्त रकम हस्तान्तरण गरेको हो । रकम बुझ्दै पोखरा महानगर प्रमुख जिसीले विपद्का बेला सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गदै कोरोना भाइरससँगको लडार्इंमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडलका अनुसार राहत कोषमा जम्मा भएको रकम मध्ये ३ करोड १५ लाखको राहत वितरण गरिएको छ । पोखरा महानगरपालिकाको प्रकोप व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२००३०७०२०००२ मा रकम जम्मा गर्न सकिने छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया