गण्डकीमा लकडाउन खुकुलो, निर्माण कार्य र खाद्य उद्योग सुचारु, आपूर्तिका गाडी रातभर चल्ने (मापदण्ड सहित)

समाधान संवाददाता २०७७ वैशाख १८ गते १६:३३

ईश्वर देवकोटा
कोरोनाका कारण ठप्प बनेका विकास निर्माणका कामलाई पुनः सुरु गर्न गण्डकी प्रदेशले मापदण्ड बनाएर लागू गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको साेमबारको बैठकले लकडाउन अवधिमा अत्यावश्यक उद्योग, विकास निर्माण र कृषि उत्पादनलाई सुरु गर्न मापदण्ड तयार गरेको हो ।
प्रदेशका ११ वटै जिल्लाका प्रशासन कार्यालयले उक्त मापदण्ड लागु गराउने भएको छ । निर्माण व्यवसायी, उद्योग व्यवसायी र किसानहरुले पालना गर्नुपर्ने मापदण्ड जारी गरिएको छ ।

‘मापदण्डले तोकेको सामाजिक दुरी पालना गर्दै राष्ट्रिय गौरवका आयोजना सहितका निर्माणका कामलाई अघि बढाउन निर्णय भएको छ,’ कास्की प्रहरी प्रमुख तथा एसपी दानबहादुर कार्कीले भने, ‘बर्खा सुरु हुन लागेको छ । कृषि उत्पादनलाई बढाउने अवसरको रुपमा पनि यो समयलाई लिएकाले मापदण्ड पालना गराई किसानलाई खेतीपाती गर्न सहयोग पुग्ने छ ।’

Advertisement

ठूला तथा साना विकास निर्माण आयोजनामा मजदुरलाई आयोजना स्थलभित्रै खाना, बस्न र शौचको व्यवस्था सहित काम थाल्न दिने निर्णय भएको छ । उद्योगमा पनि उच्च सतर्कता अपनाई काम अघि बढाउन दिने भएको उनले बताए ।
(यस्तो छ मापदण्ड)
















Advertisement

तपाईको प्रतिक्रिया