‘अनलाइन कक्षाले विकृती ल्यायो, बन्द गर’–महानगर

समाधान संवाददाता २०७७ वैशाख १८ गते १७:०३
sdr

समाधान संवाददाता
विद्यालयले सञ्चालन गरिरहेका अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरपालिकाले निर्देशन दिएको छ । कोरानाका कारण बन्द भएका विद्यालयले पठनपाठनमा प्रभाव परेको भन्दै घरमै रहेका विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन सूचना जारी गरिरहेका छन् । कतिपय निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेको खबर आएका छन् ।

Advertisement

अनलाइन कक्षाले समाजमा विकृत ल्याएको भन्दै त्यस्ता कार्य रोक्न उजुरी परेको थियो । बिहीबार शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरी अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न भनेको छ ।

‘अनलाइन कक्षा सन्चालन गर्दा सम्पुर्ण विधार्थीहरुमा आवश्यक पुर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिनानै अनलाइन कक्षा सन्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विधार्थी तथा अभिभावकहरुलाई मानसिक दबाबसमेत पर्ने गरेकाले’ महाशाखाका उपसचिव गंगाबहादुर गुरुङले जारी गरेको सूचनामा भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया