भीरकोटको राहत कोषमा सहयोग जुट्दै

समाधान संवाददाता २०७७ वैशाख १८ गते १९:३८

भीरकोट


स्याड्जाकाे भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा भीरकोट १ निवासी क्याप्टेन दुर्गाबहादुर थापाले २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
भीरकोट १ कै आँधिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य क्षेत्रबहादुर थापा र प्रबन्धक भरत खड्काले संयुक्त रुपमा २५ हजार रुपैयाँ नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका छन् ।


रकम ग्रहणपछि खनालले कोविड १९ का कारण लकडाउन पालना गर्दै आएका अति प्रभावित भीरकोट वासीलाई नगरपालिका एकले मात्र उनीहरुको समस्या सामाधान गर्न नसक्ने भएकाले सबै नगर भित्रका सरोकारवालाहरुको उत्तिकै आवश्यक रहेको बताए ।

Advertisement


प्रकोप व्यवस्थापन कोषमा जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने अवस्था आइपरेको भन्दै प्रमुख खनालले नगरपालिकाको ९ वटै वाडमा दोस्रो चरणको राहत सामाग्री वितरण गर्ने कार्य भइरहेकोे बताए ।


प्रमुख खनालले अझै पनि साँझ बिहान खाना खान नपाएको अवस्था छ भने सम्वन्धित वडा अध्यक्षसँग सम्र्पक गरी सिफारिससहित नगरपालिका आउन समेत आग्रह गरे । राहत कोषमा सहयोग गर्ने समाजसेवी क्या.दुर्गाबहादुर थापा र आँधिखोला बचत तथा ऋण सहकारी सस्थालाई उनले धन्यवाद व्यक्त गरे ।
हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी १२ लाख १९ हजार २ सय ६३ रुपैयाँ जम्मा भएको नगर प्रवक्ता दीपेन्द्र केसीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया