राेल्पाकाे गैरागाउँमा बम विष्फाेट, ४ बालबालिकाकाे ज्यान गयाे
समाधान संवाददाता
२०७७ वैशाख १८ गते २०:२१

पाेखरा
बम विष्फोट हुँदा रोल्पामा बिहीबार बेलुका ४ बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जानकारी दिए ।
साँझ ६ बजेतिर भएको घटनामा मृत्यु हुनेमध्ये २ बालबालिका एकै परिवारका हुन् । मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले बताएको छ ।
सम्बन्धित







मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया