राेल्पाकाे गैरागाउँमा बम विष्फाेट, ४ बालबालिकाकाे ज्यान गयाे
समाधान संवाददाता
२०७७ वैशाख १८ गते २०:२१

पाेखरा
बम विष्फोट हुँदा रोल्पामा बिहीबार बेलुका ४ बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जानकारी दिए ।
साँझ ६ बजेतिर भएको घटनामा मृत्यु हुनेमध्ये २ बालबालिका एकै परिवारका हुन् । मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले बताएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया