नीति तथा योजनामा श्रमिकलाई विशेष ध्याने दिन मुख्यमन्त्री गुरुङको प्रतिबद्धता

पाेखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका कारण श्रमिक वर्गको अवस्था अत्यन्तै नाजुक बनेको, धेरैको रोजगारी गुमेको र तलब सुविधा कटौती भएकाले सरकारी नीति तथा योजना बनाउँदा त्यसतर्फ विशेष ध्यान जान जरुरी रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस–२०७७ (मे दिवस) का अवसरमा सम्पूर्ण मजदूर वर्गलाई शुभकामना सन्देश दिँदै उनले विशेषगरी दैनिक ज्याला मजदूरी गरी खाने श्रमिकलाई स्थानीय तहमार्फत राहत वितरणको व्यवस्था मिलाइएको बताएका छन् ।
पछिल्लो लकडाउन अवधिमा कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता र सचेतना अपनाई अधूरा निर्माण तथा अत्यावश्यक वस्तु उद्योगलाई पुनः सञ्चालन गर्ने नीति लिइएको बताउँदै श्रम र श्रमिकप्रति सम्मान गर्दै श्रमिकहरुलाई मर्यादित जीवन प्रदान र उनीहरुको पूर्ण क्षमताको सदुपयोग गर्न–गराउन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया