सोभितको ‘खुसी फर्काइदेउन’ भिडियो सार्वजनिक

समाधान संवाददाता २०७७ वैशाख १९ गते १३:३७

समाधान संवाददाता

गायक सोभित बस्यालको ‘खुसी फर्काइदेउन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कोरोना महामारीले संकट भोगिरहेका बेला सकारात्मक भावना सञ्चार गर्न यो गीत ल्याएको गायकले बताएका छन् । रचना संगीत उनकै हो । बस्याललाई गायनमा प्राप्ती तुलाचनले साथ दिएकी छन् । गीतको म्युजिक भिडियो परिचय टिभी युट्युब च्यानल मार्फत बिहीबार सार्वजनिक गरिएको हो ।

यसअघि बस्यालले २० वटा म्युजिक भिडियो निर्देशन गरेको बताउँछन् । बस्यालले अन्नपूर्ण म्यूजिक एवार्डमा वेस्ट म्यूजिक भिडीयो एवार्ड हात पारेका थिए । बस्यालद्वारा सञ्चालित परिचय नेटवर्ककै प्रस्तुतिमा भिडियो निर्माण भएको हो ।
भिडियोमा पोखराकै सञ्चार तथा कलाकारिता क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागिता देख्न सकिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया