मजदुर दिवसमा ‘ल्यान्डफिल’का कर्मचारीले पाए सुरक्षा सामग्री

समाधान संवाददाता
मे १ अर्थात मजदुर दिवसमा पोखरा महानगरपालिकाले सरसफाइ शाखा र ल्यान्डफिल साइटमा कार्यरत कर्मचारीलाई सुरक्षा सामग्री प्रदान गरेको छ ।
कोरोना भाइसरको जोखिम रहेको बेलामा सरसफाइ र ल्यान्डफिलसाइटमा काम गर्ने कर्मचारीको सुरक्षाको लागि सामग्री महानगरपालिकाले प्रदान गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सरसफाइ शाखा प्रमुख कल्पना बराल र ल्यान्डफिल साइटका इन्चार्ज रेशम जिसीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
सरसफाइ शाखामा २० जना र ल्यान्डफिल साइटमा १२ जना कर्मचारी कार्यरत छन् । ३२ जना कर्मचारीलाई सर्जिकल मास्क, गमबुट, सेनिटाइजर, पञ्जा साबुन प्रदान गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिसीले कर्मचारीको स्वास्थ्यको सुरक्षाप्रति महानगर सचेत रहेको बताउँदै कर्मचारी स्वास्थ्य बिमालाई पनि महानगरले प्राथमिकतामा राखेको बताए । कोरोना महामारीको समयमा सचेत भएर काम गर्न पनि कर्मचारीलाई जिसीले आग्रह समेत गरेका छन् । कर्मचारीलाई अनिवार्य रुपमा सामग्री प्रयोग गरेर मात्र काम गर्न पनि जिसीले निर्देशन दिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया