मजदुरलाई शिवशिखर सहकारीको सहयोग
समाधान संवाददाता
२०७७ वैशाख १९ गते २०:४५

पोखरा
पोखराको शिवशिखर कृषि सहकारी संस्था लिमिटेडले मजदूर दिवसवको अवसरमा पारेर शनिबार पोखराका वडा नम्बर ४ र ५ का विपन्न मजदुर परिवारलाई राहत वितरण गरेको छ ।
पोखरा महाननगरपालिकासँगको समन्वयमा सहकारीले सो क्षेत्रमा रहेका ३ सय विपन्न परिवारलाई आफ्नै उत्पादन उपकार ब्राण्डका खाद्य सामग्री सहयोग गरेको सहकारीका मुख्य सहायक प्रबन्ध निर्देशक सुशील बानियाले जानकारी दिए ।
उनका अनुसार सहकारीले प्रत्येक परिवारलाई उपकार ब्राण्डको ५ किलोग्राम जिरा मसिनो चामल, एक लिटर सनफ्लावर तेल, एक किलोग्राम दाल र एक किलोग्राम गरी २ लाख बराबरको राहत बवतरण गरिएको हो । लकडाउनले मजदुरहरुको रोजगार खोसिएको अवस्थालाई ध्यानमा राख्दै सहकारीको कार्यालय भएको वडा नम्बर ५ र छिमेकी वडा ४ नम्बरमा त्यहाँ जनप्रतिनिधिहरुको उपस्थिति तथा प्रहरीको सहयोगमा राहत वितरण गरिएको उनले जनाए ।
सम्बन्धित









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया