मजदुरलाई शिवशिखर सहकारीको सहयोग
समाधान संवाददाता
२०७७ वैशाख १९ गते २०:४५

पोखरा
पोखराको शिवशिखर कृषि सहकारी संस्था लिमिटेडले मजदूर दिवसवको अवसरमा पारेर शनिबार पोखराका वडा नम्बर ४ र ५ का विपन्न मजदुर परिवारलाई राहत वितरण गरेको छ ।
पोखरा महाननगरपालिकासँगको समन्वयमा सहकारीले सो क्षेत्रमा रहेका ३ सय विपन्न परिवारलाई आफ्नै उत्पादन उपकार ब्राण्डका खाद्य सामग्री सहयोग गरेको सहकारीका मुख्य सहायक प्रबन्ध निर्देशक सुशील बानियाले जानकारी दिए ।
उनका अनुसार सहकारीले प्रत्येक परिवारलाई उपकार ब्राण्डको ५ किलोग्राम जिरा मसिनो चामल, एक लिटर सनफ्लावर तेल, एक किलोग्राम दाल र एक किलोग्राम गरी २ लाख बराबरको राहत बवतरण गरिएको हो । लकडाउनले मजदुरहरुको रोजगार खोसिएको अवस्थालाई ध्यानमा राख्दै सहकारीको कार्यालय भएको वडा नम्बर ५ र छिमेकी वडा ४ नम्बरमा त्यहाँ जनप्रतिनिधिहरुको उपस्थिति तथा प्रहरीको सहयोगमा राहत वितरण गरिएको उनले जनाए ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया