कोरोना निको भएर डिस्चार्ज भएका राैतहटका युवक फेरि अस्पताल भर्ना

समाधान संवाददाता २०७७ वैशाख २१ गते ११:५४

पाेखरा

Advertisement

नाराणणी अस्पतालबाट कोरोना संक्रमण निको भएर डिस्चार्ज गरिएका रौतहटका १ युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ ।

नारायणी अस्पतालको टोलीले रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकलाई शनिबार साँझ घरबाटै एम्बुलेन्समार्फत अस्पताल लगेर भर्ना गरेको हो ।

इशनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताका अनुसार ती युवकको रिपोर्ट अहिले फेरि पाेजेटिभ आएकोले फेरि भर्ना गर्नुपरेको जानकारी स्वास्थ्यकर्मीको टोलीले घरपरिवारका सदस्यलाई दिएका छन् ।

वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएका युवकको १८ गते फेरि घरमै पुगेर स्वास्थ्यकर्मीहरुले नमुना संकलन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया