९३ युनिट रगत संकलन

समाधान संवाददाता २०७७ वैशाख २१ गते १२:०९

पोखरा

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) गण्डकी प्रदेशको आकस्मिक रक्तदान कार्यक्रममा ९३ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा नेकपा कास्की अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद कृष्ण थापाले पहिलो रक्तदाता ई. अस्मिता तिवारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरे ।

Advertisement

शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म भएको रक्तदान कार्यक्रममा पिन केन्द्रीय सदस्य ई. टेकबहादुर कटुवाल, ने.ई.य. गण्डकी प्रदेश अध्यक्ष बाबुराम भण्डारी लगायत पिनका इन्जिनियरहरुको बाक्लो उपस्थिति थियो ।

लकडाउनको समयमा पूर्वनिर्धारित रक्तदानका कार्यक्रमहरु नहुने भएपछि क्षेत्रीय रक्तसञ्चार केन्द्र रामघाट पोखराको विशेष अनुरोधमा आफूहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको संयोजक सुदिप कोइरालाले जानकारी गराए ।

Advertisement

पिनका अध्यक्ष महेन्द्र गोदारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन सचिव सुरेश तिमिल्सिनाले गरेका थिए ।

तपाईको प्रतिक्रिया