९३ युनिट रगत संकलन

पोखरा
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) गण्डकी प्रदेशको आकस्मिक रक्तदान कार्यक्रममा ९३ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा नेकपा कास्की अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद कृष्ण थापाले पहिलो रक्तदाता ई. अस्मिता तिवारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरे ।
शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म भएको रक्तदान कार्यक्रममा पिन केन्द्रीय सदस्य ई. टेकबहादुर कटुवाल, ने.ई.य. गण्डकी प्रदेश अध्यक्ष बाबुराम भण्डारी लगायत पिनका इन्जिनियरहरुको बाक्लो उपस्थिति थियो ।
लकडाउनको समयमा पूर्वनिर्धारित रक्तदानका कार्यक्रमहरु नहुने भएपछि क्षेत्रीय रक्तसञ्चार केन्द्र रामघाट पोखराको विशेष अनुरोधमा आफूहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको संयोजक सुदिप कोइरालाले जानकारी गराए ।
पिनका अध्यक्ष महेन्द्र गोदारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन सचिव सुरेश तिमिल्सिनाले गरेका थिए ।








पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
घुमाउने पुलमा मन्त्री घिसिङको अल्टिमेटम : एक महिनाभित्र काम नथाले ठेक्का तोड्ने चेतावनी
सिलिंगे कृषि सहकारीको अध्यक्षमा ठाकुरप्रसाद दोहोरिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया