क्वारेन्टाइनबाट फर्किनेको गुनासो : नियम समान भएन

एसके थकाली, जोमसोम
मुस्ताङको थासाङ गाउपालिका–४ घाँसास्थित जनता आधारभूत विद्यालयको सरकारी क्वारेन्टाइनमा १४ दिन पूरा गरी घर फर्किएकाले क्वारेन्टाइन प्रावधान विभेदपूर्ण भएको दुखेसो पोखेका छन् ।
दोस्राे चरणमा क्वारेन्टाइनमा बसेका ४ पुरुष र १ महिलाले आफूहरुलाई मात्र क्वारेन्टाइनमा राखेको तर जिल्ला भित्रिने १ हजार बढीलाई घर पठाइएकोमा असन्तुष्टि जनाए । पोखरादेखि बेनी हुँदै मुस्ताङ र म्याग्दीको सीमाक्षेत्र घाँसा आइपुगेका उनीहरुलाई १४ दिनअघि स्थानीय तहको सिसिएमसी र सुरक्षाकर्मीले क्वारेन्टाइन पठाएका थिए । क्वारेन्टाइनमा बसेका उनीहरुलाई सिसिएमसीले क्वारेन्टाइन मापदण्ड पूरा गरी निरोगिताको प्रमाणपत्र उपलब्ध गराएको छ ।
वडाध्यक्ष विशाल शेरचनको रोहबरमा उनीहरुलाई घर पठाइएको थियो । क्वारेन्टाइन मापदण्ड पूरा गरेका उनीहरुले त्यहाँ बस्दा कुनै पछुताउ नभएको बताएका छन् । विश्वमै माहामारीको रुप लिएकाे कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक सचेत रहनुपर्ने समेत जनाएका छन् ।
यसअघि सोही क्वारेन्टाइनमा ७ जनाले १४ दिन बिताएर घर फर्किएको थासाङ–४ का वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए । जनता आधारभूत क्वारेन्टाइनमा कुल १२ जनाले क्वारेन्टाइन मापदण्ड पूरा गरेको शेरचनको भनाइ छ । वडाध्यक्ष शेरचनका अनुसार घासा क्वारेन्टाइमा २ चरणका गरी १२ जना व्यक्तिको र्यापिड डाइगोनोष्टिक परीक्षण भएको छ । यस्तै,सोही क्वारेन्टाइनमा सुरक्षा निगरानी गर्दै आइरहेका १४ जना प्रहरी र स्वास्थ्यकर्मी ३ जना, वडासचिव र वडासहयोगीकाे र्यापिड परीक्षण भएको हो ।
घासा क्वारेन्टाइनमा बस्ने, रेखदेख गर्ने, स्वास्थ्य परीक्षण गर्ने लगायतका २६ व्यक्तिको र्यापिड परीक्षण भएको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले हालसम्म ५८ जना आरडिटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ भएको जानकारी दिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयले मुस्ताङलाई १ सय २० थान आरडिटी उपलब्ध गराएको थियो । जिल्लास्तरीय सिसिएमसीले ५ सय थान आरडिटी माग गरेको भए पनि माग चौथाइ मात्र उपलब्ध गराइएको थियो । मुस्ताङका ५ पालिकामा ११ सय ४ व्यक्ति होम क्वारेन्टाइनमा छन् । सम्बन्धित पालिकाकाे रेखदेखमा उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएकाे छ ।
कोरोनाका कारण लामो समयदेखि पोखरा र काठमाडाैं लगायतका स्थानमा अपलत्र परेका मुस्ताङीलाई स्थानीय तहले गाउँ फर्काएका थिए । उनीहरुलाई स्थानीय तहले होम क्वारेन्टाइन, समाजघर, गुम्बा स्कुल र सरकारी विद्यालयमा सुरक्षित एकान्तबास बस्न लगाएको थियो । लकडाउनमा मुस्ताङ आएकामध्ये लोमान्थाङमा २ सय ४९ जना, लोघेकर दामोदरकुण्डमा २ सय ७२ जना, वारागुङ मुक्तिक्षेत्रमा २ सय ७५ जना, घरपझोङमा १ सय ८१ जना र थासाङ गाउपालिकामा १ सय २७ जना व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न लगाएको हो । होम क्वारेन्टाइनमा बस्नेहरुको स्थानीय सिसिएमसी समितिको पहलमा नियमित स्वास्थ्य परीक्षण गराइएको छ भने ३ वटै सुरक्षाकर्मी, गाउँ मुखिया र जनप्रतिनिधिले निगरानी गर्दै आएका छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया