नेपालगन्जमा एकै दिन १५ जना काेराेना संक्रमित भेटिए, नेपालमा बिरामी ७५ पुगे
समाधान संवाददाता
२०७७ वैशाख २१ गते २०:३९
पाेखरा
बाँकको नेपालगञ्जमा आइतबार साँझ थप ६ जनामा कोराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज–८ का ३ महिला र ३ पुरुषमा कोभिड–१९ को संक्रमण देखिएको बताए ।
उनका अनुसार तीमध्ये १६, २१ र ३४ वर्षीय पुरुष तथा ४०, ५५ र ६० वर्षीया महिला छन् । योसँगै आइतबार मात्र बाँकेमा संक्रमित १५ जना भेटिएका छन् ।
दिउँसाे ९ जनामा संक्रमण देखिएको थियो । योसँगै बाँकेका संक्रमितकाे संख्या १६ पुगेको छ ।
नेपालमा संक्रमितकाे संख्या ७५ पुगेको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
सम्बन्धित









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया